भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुन्दर अग्लुङ्गफेदी

सुन्दर अग्लुङ्गफेदी

गुल्मी । मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार अत्यन्तै सुन्दर छ ।

यो बजार प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर १, २, ३ र गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका नागरिकको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको छ ।

यहाँबाट विगतका वर्षहरूमा बागलुङको बुर्तिबाङसम्म घोडा खच्चरले दैनिक उपभोग्य सामानहरू ढुवानी गरेर लैजाने गर्थे ।

अग्लुङ्गफेदी बजार प्युठानको धार्मिकस्थल गौमुखीबाट आएको झिम्रुक खोला र अग्लुङ्ग खोलाको किनार नजिकै रहेको छ ।

नजिकबाट बग्ने दुवै खोलाका कारण बजार निकै सुन्दर देखिन्छ । दशैका बेला निकै चहलपहल बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.