भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ईप्सन कप ! मदरल्याण्ड र यूनिटी विजेता

ईप्सन कप ! मदरल्याण्ड र यूनिटी विजेता

भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ ।

आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको हाे । माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन स्कुल भएको थियो । यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भएका थिए । प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्कोको सभापतित्व र प्रमुख अतिथि नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थितिमा शिल्ड र मेडल वितरण गरिएको थियो ।

प्रमुख अतिथि पूर्व कप्तान सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको लागि अवसर दिएकोमा धन्यवाद दिनु भएको थियो  ।आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामागं उत्कृष्ट खेलाडि, मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए भने उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भएका थिए ।

यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ भएको ईप्सन सचिव विजय कर्माचार्यले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.