भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवा निवासमा ४ दलको मनथन

देउवा निवासमा ४ दलको मनथन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सरकारको कार्यशैलीका विषयमा छलफल गर्न प्रतिपक्ष दलहरूको जमघट भएको छ । सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी भएपछि चाँसोकासाथ हेरिएको छ ।

मधेस प्रदेशमा सरकार गठनबारे छलफल गर्न भेला भएको भनिए पनि केन्द्रीय सरकारको काम कारबाहीबारे बैठकमा छलफल भएको स्रोतको दावी छ । बैठकमा नेपालसहित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका थिए। यादवले मधेस सरकार गठनका लागि कांग्रेस सभापति देउवाको सहयोग मागेका थिए।

यसअघि पनि यादवले लोसपा अध्यक्ष ठाकुरलाई भेटेर उक्त आग्रह गरेका थिए। सत्ता गठबन्धन फोडेर माधव नेपालको सहयोगमा नयाँ गठबन्धन निर्माण गर्न चलखेल गरेको आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई सरकारबाट बाहिर हुत्याएदिएका हुन । त्यसपछि स्वास्थ्यमन्त्रीसमेत रहेका यादव गठबन्धनबाट बाहिरिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.