भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

त्रिवेणीधामस्थि माधवनारायण मेलामा ब्रतालुको घुइचो

त्रिवेणीधामस्थि माधवनारायण मेलामा ब्रतालुको घुइचो

भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको र त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर व्रत सुरु हुने पुजारी सरोजनराज उपाध्यायले बताए । नेपाल संवत् ७२२ मा रणजित मल्ल यहाँ आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको उहाँको भनाइ छ ।

व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । हनुमानघाटस्थित त्रिवेणीमा यसरी दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र कुण्डमा दैनिक स्नान गर्ने सुरुभएको छ । अच्चम त के छ भने एक डेढ किलोमिटर खाली पल्टीदै पल्टिदै हनुमानघाटसम्म वर्तालु पुग्छन् ।

यस्तो चिसोमा पनि बर्तालुहरु खाली खुट्टा पैदल यात्रा गर्दा केही नहुने बताउँछन् । तील माधवबाट तलेजु भवानी, सप्तमीमा पनौतीको त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्किने गर्दछन् । दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा पछि द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गर्दै भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि व्रत समापन हुने बर्तालुको भनाइ छ ।

बर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने यहाँको परमपरा छ । यो क्रम एक महिनासम्म चल्ने गर्दछ भने माधवनारायणको कथा पनि वाचन हुने गर्दछ । महिला र पुरुषले गरी ३० जनावढीले माधवनारायणको व्रत बसेको र त्यसको व्यवस्थापन माधवनारायण ब्रतधल सेवा समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले बताउँनु भयो । मेला सञ्चालनस्थलमा ढल बगिरहेको त्रीवेणीघाट र हनुमान घाटको सरसफाई नगरपालिकाले गरिदिएको छ ।

जहाँ डोजर लगाएर स्नान गर्न खाल्डो बनाइएको छ। चिसोको पर्वाह नगरी बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै गरेको दृश्यले अच्मित भएको विदेशी पर्यटक बताउँछन् । यो परमपरा नयाँ पुस्ताले पनि सहजै ग्रहण गरीरहेको देखिन्छ । माघ शुक्ल पूर्णिमाको दिन खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको समितिले जनाएको छ।