भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको र त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर व्रत सुरु हुने पुजारी सरोजनराज उपाध्यायले बताए । नेपाल संवत् ७२२ मा रणजित मल्ल यहाँ आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको उहाँको भनाइ छ ।
व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । हनुमानघाटस्थित त्रिवेणीमा यसरी दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र कुण्डमा दैनिक स्नान गर्ने सुरुभएको छ । अच्चम त के छ भने एक डेढ किलोमिटर खाली पल्टीदै पल्टिदै हनुमानघाटसम्म वर्तालु पुग्छन् ।
यस्तो चिसोमा पनि बर्तालुहरु खाली खुट्टा पैदल यात्रा गर्दा केही नहुने बताउँछन् । तील माधवबाट तलेजु भवानी, सप्तमीमा पनौतीको त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्किने गर्दछन् । दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा पछि द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गर्दै भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि व्रत समापन हुने बर्तालुको भनाइ छ ।
बर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने यहाँको परमपरा छ । यो क्रम एक महिनासम्म चल्ने गर्दछ भने माधवनारायणको कथा पनि वाचन हुने गर्दछ । महिला र पुरुषले गरी ३० जनावढीले माधवनारायणको व्रत बसेको र त्यसको व्यवस्थापन माधवनारायण ब्रतधल सेवा समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले बताउँनु भयो । मेला सञ्चालनस्थलमा ढल बगिरहेको त्रीवेणीघाट र हनुमान घाटको सरसफाई नगरपालिकाले गरिदिएको छ ।
जहाँ डोजर लगाएर स्नान गर्न खाल्डो बनाइएको छ। चिसोको पर्वाह नगरी बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै गरेको दृश्यले अच्मित भएको विदेशी पर्यटक बताउँछन् । यो परमपरा नयाँ पुस्ताले पनि सहजै ग्रहण गरीरहेको देखिन्छ । माघ शुक्ल पूर्णिमाको दिन खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २००...
काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । विदेशी...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ । बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७...