भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र होः माधव नेपाल

हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र होः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र भएको उल्लेख गरेका छन् । पार्टीको कोसी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउन सुझाव दिएका छन् । यसका निम्ति धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न उनले सुझाव दिए ।

राजतन्त्र फर्काउन खोज्नेहरूको स्वर अहिले मधुरो हुँदै गएको उनले बताए । पार्टीहरूको प्रवृत्तिको विरोध गर्ने गरिए पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने उनले स्पष्ट पारे । अध्यक्ष नेपालले मधेस प्रदेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ समीकरणकै निर्णयानुसार आफूहरू अघि बढेको बताए । मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.