भर्खरै : Sorry, your browser does not support inline SVG.
युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर |

युक्रेनी सेनाको आक्रमणबाट खेरसनमा २२ जनाको मृत्यु

युक्रेनी सेनाको आक्रमणबाट खेरसनमा २२ जनाको मृत्यु

काठमाडौं । रुसले कब्जा गरेको खेरसनमा युक्रेनी सेनाले आक्रमण गर्दा २२ जनाको ज्यान गएको छ । रुसले कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको ज्यान गएको गभर्नर भ्लादिमिर साल्दोले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीको भीड लागेको थियो । पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.