भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

मध्यपुर महोत्सवको उपप्रधानमन्त्रीद्धारा उद्घाटन, नगरबासीको उच्च प्रसंसा

मध्यपुर महोत्सवको उपप्रधानमन्त्रीद्धारा उद्घाटन, नगरबासीको उच्च प्रसंसा image

भक्तपुर । मध्यपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्दै जिल्लाको पर्यटन विकास र लोपउन्मुख अवस्थामा रहेका परम्परागत जीवन शैलीलाई सम्र्वद्धन र प्रर्वद्धनमा महोत्सवले टेवा पुग्याउने विश्वास व्यक्त गरे । महोत्सवलाई प्रभावशाली बनाउन आगामी दिनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कला संस्कृतिले सम्पन्न मध्यपुर भित्रका सबै मूर्त, अमूर्त सम्पदालाई महोत्सवले समेटेको र यसबात संसारभर चिनाउन मद्दत पुग्ने धारणा खाने । नेवार समूदायमा जन्मदेखी मृत्युसम्मका संस्कार, अन्य पर्वहरुमा खाने करिव ३५ प्रकारमा भोज, हिटर प्रवेश द्धार, माटोको घैटा प्रवेशद्धार, सामूहिक व्रतबन्धको प्रतिकात्मक प्रदर्शनी, गमलाको प्रवेश द्धार, भैरव प्रतिमूर्ति, जिब्रो छेड्ने व्यक्तिको प्रतिमूर्ति, बुद्धको अस्थि धातुको दर्शन, ३ वर्ष पुरानो ढुंगाको चक्का, नेपाली मुद्रा र सिक्काको प्रदर्शन, माटोको ५ फिट अग्लो सुकुन्दा, राणाकालिन समयमा नेपाल ल्याइएका क्यामेरा, टिगनी बजी कुट्ने विधिको प्रत्यक्ष अवलोकन रमेत गरे ।

बालकुमारी मन्दिर परिसरमा उद्घाटनपछि नगदेशको तरकारी प्रवेश द्धार, लाय्कूमा दरवारभित्र बिस्काः जात्रा गरिने विभिन्न देवी देवताका खटको दर्शनसमेत गरे । महोत्सवमा बागमती प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले स्थानीयको सँस्कृति रक्षा गर्न एक करोड बजेट बाजा संरक्षणका लागि प्रदेशले व्यवस्था गरेको बताए । सम्पदा जोगाउदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने सुझाव दिदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सव अवलोकन सहजताका लागि तीन ठाउँमा प्रवन्ध मिलाएको जानकारी दिए ।

महोत्सवका कारण विदेशी पर्यटकहरूको पनि आगमन बढेको प्रचार समितिका जगत प्रजापतिले बताए । महोत्सवमा ३० वर्ष पहिलेका चर्खाहरू प्रदर्शनमा राखिएका छन् । उमेरले ७०, ७५ कटेका बुढी आमाहरुले चर्खामा कपडा बुन्दै गरेका दृश्यहरुले पर्यटकको मन लोभ्याएको छ । कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधिसभा सदस्य दुर्लभ थापालगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

महोत्सवमा विभिन्न जात जातिका झाकि तथा नाचहरु प्रदर्शन गरिएका छन् । कार्यक्रमस्थलमा ऐतिहासिक अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, महाकाली नाचलगायतका २५ वटा नाच प्रदर्शन गरिएको छ । त्यस्तै बासुरी बाजा, धिमे बाजा, गुँला बाजा, नाय्खी बाजालगायतका साँस्कृतिक बाजागाजाहरुको प्रदर्शन गरिएको छ । टोलटोलका पाटी पौवामा भजनकिर्तन प्रदर्शनी, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन प्रस्तुती रहेको छ ।

यसकासाथै प्रत्यक टोलमा नेवारी खानाका स्टल, सेरामिक्स र माटोका भाँडाकुँडाका उत्पादन, तथा प्रदर्शन, परम्परागत खेलहरु, आँखाछें संग्रहालय, मूर्ति र मूर्तिकला, काष्ठकला, हस्तकलाका प्रदर्शनीले आन्तरिक तथा वाह्य पर्यटकको मन लोभ्याएको छ । महोत्सव क्षेत्रका पार्टी प्यालेस, विद्यालय, कलेजहरुको प्रांगण, शंखधरचोक, पाटी बिहार नजिकको खेल मैदान, सिद्धिकालीको खेल मैदान लगायतका स्थानमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।

महोत्सवलाई व्यवस्थित सञ्चालन गर्न नगरको पुरानो क्षेत्रमाआकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको छ । नगरको विशेष सरसफाई गरिएको छ । यसका लागि चार वटा संघसंस्था, नगर प्रहरी र नगरको द्रुत सहयोगीको समूह परिचालन गरिएको आयोजकले जनाएको छ । महोत्सवलाई सभ्य र व्यवस्थित गर्न स्थानीय स्काउट, नगर युवा क्लव, सञ्जाल, विद्यार्थी स्वयम् सेवक पनि परिचालन गरिएको छ । अवलोकन गर्न आउने पाहुनाहरुको सुविधाको लागि महोत्सव क्षेत्रमा निःशुल्क बसको व्यवस्था गरिएको मध्यपुर नगरपालिकाले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda