भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मधेशमा वर्षा सुरु, धनुषामा ७५ मिलिमिटर मापन-सुक्खामा आंशिक राहत

मधेशमा वर्षा सुरु, धनुषामा ७५ मिलिमिटर मापन-सुक्खामा आंशिक राहत

काठमाण्डौं, ४ साउन । लामो समयदेखि वर्षाविहीन रहेको मधेश प्रदेशमा अन्ततः पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुलसी वर्षामापन केन्द्रमा ७५.३ मिलिमिटर वर्षा मापन गरिएको छ।

हिजो बेलुका, राति र आज बिहान मधेश प्रदेशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ। मौसमविद् सञ्जिब अधिकारीका अनुसार धनुषा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका केही क्षेत्रमा वर्षा भएको हो।

सुक्खाग्रस्त मधेश प्रदेशमा परेको यो वर्षाले केही हदसम्म राहत पुर्‍याएको बताइएको छ। तर, मनसुनको समय चलिरहे पनि अपेक्षित मात्रामा वर्षा नभएकोले कृषि तथा जलस्रोतको दीर्घकालीन असर कायमै रहेको मौसमविद्को भनाइ छ।

स्थानीय किसानहरू वर्षाको सुरुआतसँगै खेतबारीमा पानी पुगोस् भन्ने अपेक्षामा रहेका छन्। यद्यपि नियमित र व्यापक वर्षा नभएसम्म सिँचाइमा आशा राख्न कठिन हुने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.