भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मनास्लु क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो, एक वर्षमै साढे १२ हजार जनाले भ्रमण गरे

मनास्लु क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो, एक वर्षमै साढे १२ हजार जनाले भ्रमण गरे

मुख्य बुदा

आर्थिक वर्ष २०८१/८२ मा मनास्लु संरक्षण क्षेत्रमा १२,५१२ विदेशी पर्यटकले भ्रमण गरे।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा झण्डै २,७०० ले बढी ।

पदमार्ग सुधार, प्रचारप्रसार र होटल सुविधा विस्तारले पर्यटक आकर्षणमा वृद्धि ।

मनास्लु पदयात्रा मार्ग सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ।

स्थानीय पर्यटन व्यवसायीहरूले थप लगानी र विकासको आवश्यकता ।

गोरखा, ४ साउन । गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १२ हजार पाँच सय १२ विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरे ।

मनास्लु पुग्ने विदेशी पर्यटकको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । अघिल्लो वर्षको तुलनामा झन्डै दुई हजार सात सयले धेरै रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

गएको वर्ष साउनदेखि असार मसान्तसम्मको अवधिमा १२ हजार दुई सय ४८ विदेशी र ११ नेपाली पर्यटकले शुल्क तिरेर भ्रमण गरेका थिए । पदमार्ग सुधार, प्रचारप्रसार र सुविधासम्पन्न होटलको निर्माणलगायतका कारणले पर्यटक बढेका शेरचनले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.