भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाढीले मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, पूर्वी पहाडी क्षेत्रको यातायात ठप्प

बाढीले मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, पूर्वी पहाडी क्षेत्रको यातायात ठप्प

फिदिम, ४ साउन । लगातारको वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलाको डाइभर्सनमा क्षति पुर्‍याएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले बेलिब्रिज बगाउनुका साथै निर्माणाधीन मोडुलब्रिजसमेत भाँचिँदा यातायात ठप्प भएको हो।

मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम–फालोट सडक खण्ड, साथै रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशल बुढाथोकीका अनुसार जिल्लाका अन्य सडकहरू पनि अवरुद्ध भइरहेका छन्। लगातारको वर्षाका कारण पहिरो र सडक भासिएको अवस्था रहेकोले तत्काल खुलाउने प्रयास चुनौतीपूर्ण बनेको छ।

सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवा, यात्रु तथा मालवाहक सवारीका लागि गन्तव्यमा पुग्न कठिनाइ भएको छ। उद्धार तथा सडक मर्मतका लागि सडक विभाग र स्थानीय प्रशासन खटिएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.