भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सुक्खाग्रस्त मधेशका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

सुक्खाग्रस्त मधेशका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

मुख्य बुदा:

  • राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेशमा सुक्खाको समस्या समाधान गर्न तत्काल बजेट व्यवस्था गर्न सरकारलाई निर्देशन

  • समितिका सभापति कमलादेवी पन्तले कृषि ह्रास र खानेपानी अभाव जस्ता समस्याको समाधानका लागि आवश्यक बजेट माग

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पानी संकटको दीर्घकालीन समाधानका लागि पानी पुनःभरण योजना आवश्यक

  • अमलेखगञ्जको भावर क्षेत्रमा पानी स्रोतको खोजी र निरीक्षण

  • पानीको भूसतह कायम गर्न पोखरी र अन्य संरचना निर्माण गरेर भूजल स्तर बढाउन सकिने

काठमाण्डौ, १६ साउन । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुक्खाको सामना गरिरहेको मधेशमा तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति कमलादेवी पन्तले तत्काल मधेशको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास आउनुका साथै नागरिकले खानेपानी अभाव झेल्नुपर्ने भन्दै समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताउनुभएको छ ।

हिजो सिरहाको लहानमा भएको कार्यक्रममा उहाँले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नुमात्र समाधान नभएको स्पष्ट पार्नुभयो । जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिने उहाँको भनाइ छ ।

पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका मुख्यमन्त्री सिंहको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वीरगञ्ज महानगरपालिकाका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् ।

वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा।किरण पौडेल र वीरगञ्ज महानगरकाका मेयर राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेको हो ।

समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह बढाउन सकिने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.