भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

तीन वर्षमा मध्यपुर थिमि नगरपालिकाको विकास समीक्षा

तीन वर्षमा मध्यपुर थिमि नगरपालिकाको विकास समीक्षा

भक्तपुर, २८ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जनप्रतिनिधिहरूको तीन वर्षे कार्यकालमा भएका प्रगतिबारे सार्वजनिक जानकारी गराएको छ। मध्यपुर सञ्चार समाजद्वारा आयोजित कार्यक्रममा मेयर सुरेन्द्र श्रेष्ठले १५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाको प्रगतिबारे विवरण दिएका हुन् ।

प्रतिवेदनमा नगरका भौतिक पूर्वाधार, शिक्षा, वातावरण, संस्कृति संरक्षण, सामाजिक विकास, बजेट कार्यान्वयनजस्ता विविध क्षेत्रको समेटिएको छ। मेयर श्रेष्ठले प्रगतिहरू श्रेणीगत रूपमा पढेर सुनाएका थिए ।

पत्रकारहरूको प्रश्नमा मेयर श्रेष्ठले निलबाराही ऐतिहासिक क्षेत्रको संरक्षणका लागि नगरपालिकाले पनि काम गरिरहेको जानकारी दिए । तर, केही अभियन्ताहरूले स्वेच्छाचारी रूपमा चन्दा संकलन, श्रमदान कार्यक्रम संचालन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनका अनुसार नगरपालिकालाई जानकारी वा अनुमति नदिई गरिएका कामहरूप्रति नगरपालिका चुप लागिरहन नसक्ने बताए ।

“मिशन ८४” भनेर केही अभियन्ताहरूले आगामी २०८४ को स्थानीय चुनावमा मूल्यांकन गर्ने चेतावनी दिएको सन्दर्भमा मेयर श्रेष्ठले सहजताका साथ जवाफ फर्काउँदै भने: “संविधानले सबैलाई चुनाव लड्ने अधिकार दिएको छ । २०८४ मा हेरौँला भने,  हामी पनि तयार छौँ ।” 

कार्यक्रममा उपमेयर विजयकृष्ण श्रेष्ठ र विभिन्न वडाका अध्यक्षहरूले पत्रकारहरूको प्रश्नको जवाफ दिएका थिए। कार्यक्रमको अध्यक्षता मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) ले गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.