भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रतिनिधिसभा बैठक भिजिट भिसा प्रकरणमा विपक्षीको अवरोधका कारण स्थगित

प्रतिनिधिसभा बैठक भिजिट भिसा प्रकरणमा विपक्षीको अवरोधका कारण स्थगित

मुख्य बुँदाहरू:

  • भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।

  • गृहमन्त्री रमेश लेखकको राजीनामाछानबिनको माग गर्दै प्रतिपक्षीले १३ जेठदेखि बैठक अवरुद्ध गर्दै आएको हो ।

  • आज (२८ जेठ) पनि कार्यसूचीमा प्रवेश गर्न नदिइकन नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि (२९ जेठ) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरे ।

  • मानव तस्करलाई कारबाही गर भन्ने नारासहित गृहमन्त्रीको राजीनामाको मागलाई अघि सारेका छन् ।

  • नाराको अगुवाइ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ र हरि ढकालले गरेका छन् ।

काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक बिहीबार (२९ जेठ) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संलग्नको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै जेठ १३ गतेदेखि लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ र हरि ढकालको अगुवाइमा “मानव तस्करलाई कारबाही गर”, “गृहमन्त्री राजीनामा दे” जस्ता नाराबाजी गरिएको थियो। सभामुखले माइक नदिएपनि सांसदहरूले विरोध जारी राखे ।

विपक्षीको माग छ— भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि संसदीय समिति वा न्यायिक आयोगमार्फत निष्पक्ष छानबिन होस्। सरकार भने आफू जिम्मेवार ढंगले अगाडि बढिरहेको बताउँदै आएको छ। अब संसद्को अर्को बैठक २९ जेठ, दिउँसो ३ बजेका लागि तय गरिएको छ। त्यसमा पनि विपक्षी दलहरूले अवरोध जारी राख्ने संकेत दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.