भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धानको उचित मूल्य नपाउँदा किसान निराश

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी, २९ जेठ । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आले धानले राम्रो भाउ नपाउँदा चिन्तित छन् प्रतिक्विन्टल दुई हजार २०० मात्र पाउँदा उनी खिन्न भएका छन्। गत वर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले धान बेचेका थिए।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन्। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो। उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए।

गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो। रासस

 

 


Thali Mobile Pvt.Ltd.