DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’


  • भाद्र ३०, २०७७
  • 416 Views
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’ image

काठमाडौं । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

घिमिरेको नेतृत्वमा अन्य ठूला भ्रष्टाचारका मुद्दा नचलाई उन्मुक्ति दिएको आरोप छ। घिमिरे आइतबार बिदा भएका हुन्। अख्तियार नेतृत्वले राजनीतिक र शक्ति दलाल समूहको प्रभावमा परेर संविधानले दिएको जिम्मेवारीबाट विचलित भई मुलुक र संविधानप्रति धोका दिएको पूर्वन्यायाधीशहरूले टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अख्तियारको नेतृत्वले मुलुक, संविधान र जनताप्रति धोका दिएको टिप्पणी गरे।

संविधानलाई धोका दिनेलाई कानुनले मिल्छ भने मुद्दा चलाउनुपर्ने केसीको तर्क छ। ‘आफूले लिएको शपथ र संविधानलाई बेइमानी गर्ने काम अख्तियार नेतृत्वबाट भएको छ,’ पूर्वन्यायाधीश केसीले नागरिकसँग भने, ‘कानुनले कतै दिन्छ भने उहाँ ९घिमिरे० माथि मुद्दा चलाउनुपर्छ।’ अख्तियारको नेतृत्वले आफू अवकाश हुने बेला मुद्दा नचलाई तामेलीमा राख्ने प्रवृत्ति गलत भएको उनले बताए। ‘अख्तियारका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न चुक्नुभयो,’ उनले भने, ‘जाने बेलामा भ्रष्टाचारका मुद्दा खासखुस गरेर टुंग्याउन मिल्दैन।’ राज्यले संवैधानिक निकायका पदाधिकारीलाई दिएको सम्मानप्रति धोका भएको उनले टिप्पणी गरे।

संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्ति आयोगमा जान नहुने उनको भनाइ छ। बलराम केसी,पूर्वन्यायाधीश, सर्वोच्च अदालत
‘व्यक्तिगत फाइदामा हिँड्ने हो भने कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ,’ उनले भने, ‘जसले नियुक्त गरे पनि पदमा पुगेपछि संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ।’ संवैधानिक निकाय जागिर खान मात्र जाने ठाउँ नभएको पूर्वन्यायाधीश केसीले बताए।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अख्तियार नेतृत्व आफ्नो भूमिकाबाट विचलित भएको बताउँछन्। अख्तियारको नेतृत्व गरिरहेका आयुक्तहरू आफूलाई नियुक्त गर्ने राजनीतिक नेतृत्वप्रति अनुगृहीत हुँदा समस्या सिर्जना भएको बताए। अख्तियार ठूला भ्रष्टाचारका मुद्दामा चुकेको कार्कीले टिप्पणी गरे। ‘अख्तियार नेतृत्वले संवैधानिक जिम्मेवारी निर्वाह गर्न सकेन,’ उनले नागरिकसँग भने, ‘अख्तियारमा कार्यकारीको छाया प¥यो।’

अख्तियार सरकारको आदेशअनुसार चलेको आरोप उनले लगाए। अख्तियारले ठूला भ्रष्टाचारमा मुद्दा नचलाउँदा संस्थाप्रति अविश्वास बढेको उनको ठहर छ। प्रधानमन्त्रीले फलानो ठाउँ, फलानो मन्त्रीले भ्रष्टाचार गरेको छैन भनेकै आधारमा मुद्दा नचलाउनु दुःखद भएको टिप्पणी उनले गरे। ‘अख्तियारले सरकारको आदेश मान्ने कि संविधानले दिएको जिम्मेवारी पूरा गर्ने’, कार्कीले प्र्र्रश्न गर्दै भने, ‘गरुडको छायामा सर्प परेजसरी अख्तियार कार्यकारीको छायामा प(यो।’ नागरिक दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.