भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

आर्थिक गणना २०८२ सुरु गर्न रौतहटमा जिल्ला कार्यालय स्थापना

आर्थिक गणना २०८२ सुरु गर्न रौतहटमा जिल्ला कार्यालय स्थापना

मुख्य बुँदा

रौतहटको गौरमा आर्थिक गणना २०८२ का लागि जिल्ला कार्यालय स्थापना

राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत कार्यक्रम सञ्चालन

उद्योग, व्यापार, सेवा र रोजगारीको तथ्याङ्क संकलन हुने

सीडीओका अनुसार तथ्याङ्कले विकास योजना बनाउन सहयोग गर्ने

घरदैलोमार्फत तथ्याङ्क संकलन छिट्टै सुरु हुने

नीति निर्माण र लगानी प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा

रौतहट, ५ फागुन । राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि रौतहटमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।रौतहटको सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालय परिसरमा बुधबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यालय स्थापना गरिएको हो ।

गौर मा स्थापना गरिएको कार्यालयले जिल्लाको समग्र आर्थिक गतिविधिको यथार्थ तथ्याङ्क संकलन गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत सञ्चालन भइरहेको हो । गणनाबाट जिल्लाको उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाल ले आर्थिक गणनाले स्थानीय आर्थिक अवस्थाको वास्तविक चित्र प्रस्तुत गर्ने बताएका छन् । उनका अनुसार संकलित तथ्याङ्कले दीर्घकालीन विकास योजना निर्माणमा सहयोग पुग्नेछ ।

त्यसैगरी तथ्याङ्क अधिकृत सुमन्त यादव ले गणनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तालिम तथा घरदैलोमार्फत तथ्याङ्क संकलन कार्य छिट्टै सुरु गरिने जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले नीति निर्माण, विकास योजना तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.