भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गर्भवतीको उद्धार कार्यक्रम १० जिल्लामा पुगेन, ७५ प्रतिशत बजेट नै फ्रिज


  • भाद्र २६, २०७७
  • 471 Views
गर्भवतीको उद्धार कार्यक्रम १० जिल्लामा पुगेन, ७५ प्रतिशत बजेट नै फ्रिज image

काठमाडाैं । सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गर्यो । ०७५र७६ र ०७६र७७ मा गरी १० करोड रुपैयाँ विनियोजन पनि गर्यो । दुवै वर्ष गरी एक सय ३१ महिलाको उद्धार पनि भयो ।

तर, लक्षित जिल्ला र वर्गसम्म यो कार्यक्रम नपुग्दा विनियोजित बजेटको ७५ प्रतिशत अर्थात् सात करोड ५८ लाख रुपैयाँ फ्रिज भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ । ६ पुस ०७५ मा हुम्ला चंखेली गाउँपालिकाकी निरा शाही ९२२ वर्ष०को उद्धार गर्दै यो कार्यक्रम सुरु भएको हो ।

प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमतीमा दुई, गण्डकीमा एक, प्रदेश–५ मा तीन, कर्णालीमा दुई र सुदूरपश्चिममा एउटा अस्पताललाई उद्धार गरिएका महिलाको उपचार केन्द्र तोकिएको छ । संघीय सरकारले सुरु गरेको यो कार्यक्रम प्रदेश र स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् । बाजुरा स्वामी कार्तिक खापर गाउँपालिका–१ कोल्टीकी निर्मला विक ९२४ वर्ष० लाई २६ मंसिर ०७६ मा परिवारले स्थानीय स्वास्थ्य चौकी पुर्यायो, तर सुत्केरी गराउन स्वास्थ्यकर्मी असफल रहे ।

पाठेघरबाट रगत बगिरहेको थियो । आमा र शिशु दुवैको ज्यान जोखिममा देखेर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले सुर्खेतस्थित नेपाली सेनाको पश्चिम एयरबेसमा हेलिकोप्टर पठाइदिन आग्रह गरे । तर, खराब मौसमका कारण तीन दिनपछि मात्र हेलिकोप्टर कोल्टी पुग्यो । निर्मलालाई बाँकेस्थित कोहलपुर मेडिकल कलेज पुर्याइयो । चिकित्सकले शिशुलाई बचाउन सकेनन् । निर्मलाको ज्यान भने मुस्किलले बच्यो । यस्तै, जाजरकोट कुशे गाउँपालिका–६ धरंगाकी रत्ना शाही ९४५ वर्ष०को गर्भमा जुम्ल्याहा शिशु थिए ।

गाउँमै सुत्केरी हुन नसकेका कारण उनलाई पनि १ मंसिर ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइयो । ‘हेलिकोप्टरबाट सुर्खेत पुग्न नसकेकी भए बाँच्ने थिइनँ होला,’ उनी भन्छिन्, ‘पुनर्जन्म पाएजस्तो लागेको छ ।’ यस्तै, २७ कात्तिक ०७६ मा छेडागाड नगरपालिका–९ की पानसरी कामी ९४३ वर्ष०ले पाँचौँ सन्तान जन्माउन ज्यान नै जोखिममा पार्नुपर्यो । छोरो जन्माउनैपर्ने परिवारको दबाबका कारण उनले चार छोरीलाई जन्म दिइसकेकी थिइन् ।

sutkeriहेलिकोप्टरबाट उद्धार गरी सुर्खेत अस्पतालमा पाँचौँ सन्तान छोरो जन्मिएपछि उनले पारिवारिक दबाबबाट छुटकारा पाएकी छन् । कुशे गाउँपालिका–१ धाउनेकी गीता सिंह ९२५ वर्ष० लाई गाउँमै प्रसूति हुन नसकेपछि १९ भदौ ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल पु(याइयो । अस्पतालमा उनले चौथो सन्तान छोरालाई जन्म दिइन् । सोही गाउँपालिका–८ की तुलसी सुनुवार ९४५ वर्ष० लाई पनि २७ भदौ ०७६ मा हेलिकोप्टरमार्फत सुर्खेत लगियो । छोराको चाहनामा चार छोरी जन्माइसकेकी उनको पाँचौँ बच्चा पाठेघरमा उल्टो बसेको थियो ।

उनलाई पनि हेलिकोप्टरबाट सुर्खेत पु(याई प्रसूति गराइयो । १७ मंसिर ०७६ मा जुनीचाँदे गाउँपालिका–२ हटेटाकुराकी कालिका तिरुवा ९३१ वर्ष०को सुत्केरी व्यथासँगै पाठेघरबाट निरन्तर रगत बग्न थाल्यो । आमा र शिशु दुवैको ज्यान जोखिममा परेपछि हेलिकोप्टरबाट सुर्खेत पुर्याइयो । २१ मंसिर ०७६ मा नलगाड नगरपालिका–६ भारगाउँकी माया विक ९२५ वर्ष० र २६ जेठ ०७७ मा छेडागाड–३ की कमला शाही ९२५ वर्ष०लाई हेलिकोप्टरबाटै उद्धार गरी सुर्खेत अस्पताल पुर्याइएको थियो ।

sutkeri-dataघरमै सुत्केरी गराउन खोज्ने परिवार र नियमित गर्भ जाँच नगराउँदा ग्रामीण भेगका महिलाको ज्यान जोखिममा पर्ने गरेको जिल्ला अस्पताल, जाजरकोटका डा. भूपेन्द्र मल्ल बताउँछन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कर्णालीमा विपत्मा परेका नागरिकको उद्धारका लागि सुर्खेतस्थित पश्चिम एयर बेसमा ठूलो र सानो गरी दुईवटा हेलिकोप्टर तैनाथ राख्ने गरिएको छ । ‘उद्धारको काममा सुर्खेतबाटै हेलिकोप्टर पठाउने गरिन्छ,’ सहायक रथी पौडेल भन्छन् । नयाँ पत्रिकाबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.