भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तीन महिनाको किचलो पछि ओली–प्रचण्डको बल्ल मिल्यो भागवण्डा


  • भाद्र २६, २०७७
  • 526 Views
तीन महिनाको किचलो पछि ओली–प्रचण्डको बल्ल मिल्यो भागवण्डा image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त प्रस्ताव तयार गरेसँगै विवादको टुंगो लागेको हो ।

तीन महिनादेखि जारी विवाद अध्यक्षद्वय ओली–प्रचण्डको संवाद र कार्यदलको सुझावको आधारमा समाधान भएको छ । झन्डै फुटको संघारमा पुगेको पार्टी अन्ततः अधिकार बाँडफाँडमा पुगेर मिलेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा प्रकरणबाट शुरु भएको विवाद झन्डै तीन महिना लम्बिएको थियो ।

गत असारमा शुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिका बहुमत सदस्यले माग गरेपछि विवादले उग्र रुप लिएको थियो । पार्टीभित्र विचार सिद्धान्तभन्दा पनि पद बाँडफाँडमा कुरा नमिल्दा शुरु भएको विवाद पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यकारी अधिकार प्रचण्डलाई दिन राजी भएपछि लेनदेनमा टुंगिएको छ ।

आन्तरिक विवादले फुटको संघारबाट जोगिएको नेकपाले संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी मापदण्ड बनाएर सहमतिमै सरकार र पार्टी सञ्चालन गर्ने नीति लिएको छ । नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.