भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारत र चीनबीच फेरि सैन्य तनाव, त्रिदेशीय बिन्दुमा सैनिक तैनाथ


  • भाद्र २५, २०७७
  • 572 Views
भारत र चीनबीच फेरि सैन्य तनाव, त्रिदेशीय बिन्दुमा सैनिक तैनाथ image

सन् १९७५ पछि पहिलोपटक भारत–चीन सीमामा गोली चल्यो, दुई देशबीच कूटनीतिक र सैन्य तहमा वार्ता जारी– भारत र चीन दुवैले सीमा क्षेत्रमा सैन्य संख्या र अभ्यास बढाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम नेपालको लिपुलेकनजिकै नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुमा भारतले अत्याधुनिक हवाई मिसाइलसहित सैन्य संख्या बढाएको छ ।

चीनले पनि तिब्बततर्फ अत्याधुनिक जहाजसहित सेनाको संख्या बढाएको छ । रक्षा विशेषज्ञहरूले भने तत्काल युद्धको सम्भावना नरहेको बताएका छन् । भारत र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकास्थित लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखामा आइतबार हवाईफायर भएपछि दुई देशबीच फेरि तनाव बढेको छ । बढ्दो तनावसँगै भारत–चीन आरोप–प्रत्यारोपमा उत्रेका छन् ।

तर, रक्षा विशेषज्ञहरूले भने तत्काल युद्धको सम्भावना नरहेको बताएका छन् । १९७५ मा अरुणाचल प्रदेशमा आसाम राइफलका जवान चिनियाँ एम्बुसमा परेयता भारत–चीन सीमा क्षेत्रमा पहिलोपटक गोली चलेको हो । यद्यपि यसमा कुनै मानवीय हताहती भने भएको छैन । तर, लद्दाखको रेजांला क्षेत्रमा भएको हवाईफायरमा दुवैले एक–अर्कालाई दोषारोपण गरेका छन् । तीन महिनाअघि भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएका थिए ।

त्यसयता सीमा क्षेत्रबाट क्रमशः पछि हट्दै जाने सैद्धान्तिक सहमति गरे पनि दुवैैका सर्त एक–अर्काले नमान्दा सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिक आमने–सामने छन् । चीन र भारतबीच कूटनीतिक र सैन्य तहमा वार्ता जारी रहे पनि तनाव घटेको छैन । सैनिक कमान्डर तहका वार्ता पनि जारी छन् ।

सोमबार चिनियाँ सेनाले गोली भारतीय सैनिकले चलाएको आरोप लगाएपछि मंगलबार भारतीय सेनाले त्यसको खण्डन गरेको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्यही आरोप पुष्टि गरे । भारतीय सैनिक अवैध रूपमा एलएसी नाघेर चीनतर्फ गएको, चिनियाँ सैनिकले भारतीय सैनिकसँग कुरा गर्न खोजेको, तर भारतीय सैनिकले गोली चलाएको प्रवक्ता लिजियानको भनाइ थियो । नयाँ पत्रिकाबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.