भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल ओझेलमा ‘एक व्यक्ति एक जिम्मेवारी’


  • भाद्र २५, २०७७
  • 639 Views
नेपाल ओझेलमा ‘एक व्यक्ति एक जिम्मेवारी’ image

काठमाडौँ । दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मुख्य विवादको जड ‘एक व्यक्ति एक जिम्मेवारी’ को विषय मुल्तबीमा परेको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको खाकासहितको प्रस्तावमा उक्त विषय आगामी महाधिवेशनले टुंगो लगाउनेगरी मुल्तबीमा राखिएको हो।

वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयमा अन्य सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरूबाट स्पष्ट खाका नआएकाले त्यसलाई आगामी महाधिवेशनबाट टुंगो लगाउनेगरी अहिलेलाई छलफलको विषय नै नबनाइएको नेकपा उच्च स्रोतले जनाएको छ।

‘निर्वाचित जनप्रतिनिधि, पार्टीका वरिष्ठ नेता, विभागीय प्रमुखलगायत कुन–कुन पदलाई दोहोरो जिम्मेवारी दिने भन्ने खुल्दैन। पार्टीका नेताहरू सांसद, मन्त्रीदेखि गाउँपालिका प्रमुखसम्मको जिम्मेवारीमा छन्। कुन पदलाई कहाँनिर जिम्मेवारीमुक्त गर्ने भन्ने विषयले पार्टीभित्रै असजिलोपन उत्पन्न गराउँछ,’ स्रोतले भन्यो, ‘त्यसकारण अहिलेलाई उक्त विषय महाधिवेशनमै छलफल गर्नेगरी स्थगित गरिएको छ।’

बुधबार दुई अध्यक्षबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन। प्रस्तावमा यसअघि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई आधार मानेर पार्टी विधि–पद्धतिमा सञ्चालन हुने उल्लेख गरिएको छ।

तर व्यक्तिगत जिम्मेवारी हेरफेरबारे केही उल्लेख गरिएको छैन। बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन।नेकपाको अन्तरविरोध समाधानका लागि बनेको सुझाव कार्यदलको प्रतिवेदनप्रति वरिष्ठ नेता माधव नेपालले अधिकांश बुँदा सच्याउन आग्रह गरेका थिए।

तर उनको आग्रह सुनुवाइ नहुने संकेत देखापरेको छ। पार्टी विधान धारा ४६ र ६० ले गरेको व्यवस्थाप्रति कार्यदल मौन रहेको उनको भनाइ थियो। नेपालले एक व्यक्ति एक जिम्मेवारीको विषय, पार्टी बैठकको निर्णय कार्यान्वयनको सवाल र कसका कारणले पार्टीमा विवाद उत्पन्न भएको भन्ने विषय अमूर्त ढंगले सुझाव भनेर राखिएकाले कार्यदलको प्रतिवेदन सच्याउनुपर्ने बताएका थिए। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.