भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सदर चिडियाखानाका जीवजन्तुु सङ्कटमा


  • भाद्र २५, २०७७
  • 385 Views
सदर चिडियाखानाका जीवजन्तुु सङ्कटमा image

ललितपुर । कोरोना भाइरसका कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताए। वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ ।

पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भने । चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उनी बताउछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूूरा भइसकेको छ ।

सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो । त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् । विदेशी दातासँग पनि आर्थिक सहयोगको कुरा भइरहेको छ । अन्यत्र पनि कोरानाको सङ्कट उस्तै रहेकाले दाताले सहयोग दिन्छन् भन्नेमा विश्वस्त हुन नसकिएको उनको भनाइ छ ।

चिडियाखानामा एक सय एक प्रजातिका एक हजार ५० किसिमका वन्यजन्तु र पन्छी छन् । हालकै अवस्था कायम रहँदा झन्डै एक वर्ष जस्तो बन्दाबन्दीको अवस्था रहने आकलन चिडियाखाना व्यवस्थापनले गरेको छ । यसका कारण एक वर्षको समयको खर्च धान्न करिब १५ करोड रुपियाँ बराबरको आर्थिक राहत तत्काल चिडियाखानालाई आवश्यक हुने चिडियाखाना व्यवस्थापनले जनाएको छ । गोरखापत्रबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.