DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओली र दाहालको ‘ग्रिन सिग्नल’मा मुख्यमन्त्रीको निर्णय


  • आश्विन १७, २०७७
  • 551 Views
ओली र दाहालको ‘ग्रिन सिग्नल’मा मुख्यमन्त्रीको निर्णय image

बुटवल । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । मन्त्रिपरिषद् बैठकपछि शुक्रबारै प्रदेश सरकारले राजधानी र नामकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेको छ ।नेकपाका प्रभावशाली केन्द्रीय नेताहरूको तानातानका कारण राजधानी बुटवल कि दाङमा राख्ने भन्ने निर्क्योल गर्न नसकेपछि मुख्यमन्त्री पोखरेलले केन्द्रबाटै समझदारी गर्नुपर्ने धारणा राख्दै आएका थिए ।

पछिल्लो समय पार्टीको विवाद मिलाउने क्रममा धेरैपटक अध्यक्ष ओली र दाहालसँगको संवादमा बसेका उनले आन्तरिक सहमतिको प्याकेजभित्र आफ्नो प्रदेशको किचलोको विषय पनि छिराएका थिए । जुन विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहाल सहमत भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाका सदस्यहरूलाई समेत ‘सरप्राइज’ दिने गरी राजधानी र नामसम्बन्धी निर्णय गरी सभामा पेस गराएका हुन् । यसअघि तत्कालीन प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने विषयमा पनि नेकपाका नेताहरू विभाजित भएपछि अध्यक्षद्वय ओली र दाहालले केन्द्रमा समझदारी गरेर टुंगो लगाइदिएका थिए ।

प्रदेश ५ को हकमा पनि नेकपाकै नेताहरू विभाजित भएपछि यो विषय ओली र दाहालसम्म पुगेको हो । प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि त्यस क्षेत्रका नेकपाका प्रभावशाली नेताहरू जसरी पनि त्यहीं स्थायी राजधानी बनाउन चाहन्थे । नेकपाका महासचिव विष्णु पौडेलसमेत बुटवलबाट सार्न नहुने पक्षमा थिए । तर नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता दाङतिर राजधानी लैजान चाहन्थे ।

त्यसका लागि वर्षमान पुन, कृष्णबहादुर महरा, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलगायतका नेताहरूको लबिइङ चलिरहेको थियो । त्यही कारण अध्यक्ष दाहाल पनि दाङकै पक्षमा थिए ।मुख्यमन्त्री पोखरेलको त दाङ गृहजिल्ला नै हो । उनले चुनावमा दाङमै राजधानी बनाउने भन्दै मत मागेका थिए । मुख्यमन्त्रीमा शपथ खाएकै दिनदेखि उनले प्रदेशको स्थायी राजधानी अबको एक सय वर्षसम्मको पुस्ताले ‘गर्व गर्नलायकको र भर्जिन ल्यान्डमा’ बनाउने अभिव्यक्ति दिँदै आएका थिए । तर उनले भनेजस्तै राजधानी सार्न सजिलो थिएन ।

प्रदेशसभामा साबिक लुम्बिनी अञ्चलको मनोविज्ञान कायम थियो । साबिक लुम्बिनी अञ्चलका नेकपा शीर्षनेतामा पूर्वएमालेका धेरै छन् । त्यसैले मुख्यमन्त्री पोखरेलले पटकपटक आञ्चलिक मनोविज्ञान त्याग्नुपर्ने आग्रह गर्दै आएका थिए । तर उनीहरूको अडानमा परिवर्तन आउने संकेत नदेखेपछि पोखरेलले केन्द्रीय नेतासँग आग्रह गरिरहेका थिए । कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.