भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

‘अपरेशन ३६५’ अन्तर्गत थप १० मोटरसाइकल नियन्त्रणमा

‘अपरेशन ३६५’ अन्तर्गत थप १० मोटरसाइकल नियन्त्रणमा

मुख्य बुँदा 

‘अपरेशन ३६५’ अन्तर्गत थप १० मोटरसाइकल नियन्त्रणमा

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारी कारबाहीमा

पोखरामा ध्वनी प्रदूषणविरुद्ध प्रहरीको कडाइ

हालसम्म ४१४ सवारी र ३६ व्यक्ति कारबाहीमा

कानुनी प्रक्रिया अगाडि बढाइएको

पोखरा, ११ फागुन । पोखरामा ध्वनी प्रदूषण नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चर्को आवाज निकाल्दै शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने गतिविधि बढेको गुनासो आएपछि अभियानलाई कडाइ गरिएको हो।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमाथि हाल कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

‘अपरेशन ३६५’ अन्तर्गत अहिलेसम्म ४१४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन नगर्न र ध्वनी प्रदूषण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.