भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वैकल्पिक विधिको पठनपाठनमा विद्यालय खोलिए


  • आश्विन १७, २०७७
  • 732 Views
वैकल्पिक विधिको पठनपाठनमा विद्यालय खोलिए image

कोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । वैकल्पिक विधिबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका स्थानीय तहले सुरक्षा सावधानी अपनाउँदै कक्षा सञ्चालन गर्ने निर्णय गर्न थालेका हुन् । विद्यालयले भौतिक दूरी कायम गर्दै स–सानो समूह र सिफ्टमा पठनपाठन गर्न थालेका छन् ।

शिक्षा मन्त्रालयले चैत मसान्तमा शैक्षिक सत्रको अन्त्य गर्ने बताइसकेको छ । जसका कारण लामो समयदेखि पठनपाठन नभएका ग्रामीण क्षेत्रका विद्यालय विभिन्न विकल्प प्रयोग गर्दै कक्षा सञ्चालन गर्ने दबाबमा छन् । काठमाडौंको काँठ क्षेत्रका धेरै स्थानीय तहले कक्षा सञ्चालन गरिसकेका छन् । त्यस्तै, काठमाडौंबाहिर पनि ग्रामीण भेगका विद्यालय धमाधम खुल्न थालेका छन् । यद्यपि, विद्यालय सञ्चालन गर्ने विषयमा संघीय सरकारले कुनै निर्णय गरेको छैन । तर, ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा आधुनिक प्रविधिको पहुँचबाहिर रहेका विद्यार्थीलाई भौतिक दूरी कायम गरी सिकाइ केन्द्र वा विद्यालयमा सिकाउन सक्ने व्यवस्था छ ।

यही व्यवस्थामा टेकेर स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निर्णय गरिरहेका छन् । ‘समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा आपसमा भौतिक दूरी कायम गरी बसाइ व्यवस्था मिलाएर पाठ्यपुस्तक, स्वअध्ययन वा छपाइ सामग्री प्रयोग गरी शिक्षक वा स्वयंसेवकमार्फत सिक्ने, सिकाउने व्यवस्था गर्ने,’ निर्देशिकामा भनिएको छ । निर्देशिकामा भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दूरी कायम गर्दै कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने भूमिकासमेत तोकिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गत ६ चैतदेखि विद्यालय बन्द गर्ने निर्णय गरेका थियो । त्यसयता विद्यालय सञ्चालनमा थिएनन् । सरकारको १ असारदेखि वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने निर्णयपछि विद्यालयले अनलाइनदेखि रेडियोसम्मबाट कक्षा चलाएका थिए । तर, सहरी क्षेत्रभन्दा बाहिर त्यसको प्रभावकारिता देखिएन । किनभने अधिकांश विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । राजधानी काठमाडौंकै कतिपय ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सुविधा छैन ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाभित्रका अधिकांश विद्यालय ११ असोजदेखि खुलेका छन् । नगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्द पौडेलका अनुसार पालिकाभित्रका १६ सामुदायिकमध्ये १४ विद्यालयमा शिक्षक–विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुन थालेको छ । तर, स्वास्थ्य सावधानी अपनाउन कठिन पर्ने भएकाले बाक्लो बस्ती भएका र सहरी क्षेत्रका विद्यालय खुलेका छैनन् । केही संस्थागत विद्यालय पनि स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालनमा आएको पौडेलले बताए । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.