भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

काठमाडौँ, ११ फागुन । मिथिला क्षेत्रमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चैती छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले छठघाटमा पुगी जलाशयमा प्रवेश गरेर सूर्यदेवलाई अर्घ्य दिएका हुन्।

यसअघि व्रतालुहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। नेपाल र भारतको मिथिला क्षेत्रमा आइतबार चतुर्थी तिथिदेखि विधिपूर्वक सुरु भएको चैती छठ पर्वअन्तर्गत पहिलो दिन ‘नहाँ खा’ र दोस्रो दिन ‘खरना’ सम्पन्न गरिएको थियो।

पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मनाइने यो पर्वमा श्रद्धालुहरू नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा भेला भएर पूजा–आराधना गर्ने परम्परा रहेको छ। चैती छठ पर्वको अवसरमा देशका विभिन्न स्थानका छठघाटहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको थियो।

 


Thali Mobile Pvt.Ltd.