भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न

काठमाडौँ, ११ फागुन । मिथिला क्षेत्रमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चैती छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले छठघाटमा पुगी जलाशयमा प्रवेश गरेर सूर्यदेवलाई अर्घ्य दिएका हुन्।

यसअघि व्रतालुहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। नेपाल र भारतको मिथिला क्षेत्रमा आइतबार चतुर्थी तिथिदेखि विधिपूर्वक सुरु भएको चैती छठ पर्वअन्तर्गत पहिलो दिन ‘नहाँ खा’ र दोस्रो दिन ‘खरना’ सम्पन्न गरिएको थियो।

पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मनाइने यो पर्वमा श्रद्धालुहरू नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा भेला भएर पूजा–आराधना गर्ने परम्परा रहेको छ। चैती छठ पर्वको अवसरमा देशका विभिन्न स्थानका छठघाटहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको थियो।

 


Thali Mobile Pvt.Ltd.