भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकै थिएन : शंकर पोख्रेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकै थिएन : शंकर पोख्रेल

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा व्यक्त गरेका छन्। उनले आयोगको प्रतिवेदनले नै यस धारणा पुष्टि गरेको उल्लेख गरेका छन्।

पोख्रेलका अनुसार, कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो। सोही अनुसारको निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको उनले बताए।

उनले भन्नुभयो, “निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ। अल्गोरिदमको प्रयोगबाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ।”

पोख्रेलले थपे, अबको बाटो सजिलो नहुन सक्छ र राष्ट्र तथा लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने अवस्था छ। उनले वर्तमान चुनौतीहरू लोकपृयतावाद, अराजकतावाद र अवसरवादको समाधान र विचारधारात्मक राजनीतिको दिर्घकालीन विकल्प नभएको पनि स्पष्ट पारेका छन्।

 


Thali Mobile Pvt.Ltd.