भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकै थिएन : शंकर पोख्रेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकै थिएन : शंकर पोख्रेल

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा व्यक्त गरेका छन्। उनले आयोगको प्रतिवेदनले नै यस धारणा पुष्टि गरेको उल्लेख गरेका छन्।

पोख्रेलका अनुसार, कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो। सोही अनुसारको निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको उनले बताए।

उनले भन्नुभयो, “निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ। अल्गोरिदमको प्रयोगबाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ।”

पोख्रेलले थपे, अबको बाटो सजिलो नहुन सक्छ र राष्ट्र तथा लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने अवस्था छ। उनले वर्तमान चुनौतीहरू लोकपृयतावाद, अराजकतावाद र अवसरवादको समाधान र विचारधारात्मक राजनीतिको दिर्घकालीन विकल्प नभएको पनि स्पष्ट पारेका छन्।

 


Thali Mobile Pvt.Ltd.