भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हर्मुज जलमार्गबाट शुल्क उठाउने इरानको तयारी

हर्मुज जलमार्गबाट शुल्क उठाउने इरानको तयारी

एजेन्सी । इरानले स्ट्रेट अफ हर्मुज पार गर्ने सबै जहाजहरूसँग शुल्क उठाउने नयाँ कानुन ल्याउने तयारी गरेको छ। इरानी संसदले तयार पारेको मस्यौदा अनुसार, सो क्षेत्रको सुरक्षा सुनिश्चित गरेबापत सबै ट्याङ्कर र मालवाहक जहाजले अनिवार्य शुल्क तिर्नुपर्नेछ।

इरानले युद्ध अन्त्यका लागि अघि सारेका पाँच सर्तमध्ये हर्मुजमा आफ्नो पूर्ण अधिकार हुने विषयलाई प्रमुखताका साथ उठाएको छ। युद्ध भने जारी रहेको छ। यसैबीच, लेबनानी विद्रोही समूह हिजबुल्लाहले इजरायलको तेल अभिभस्थित सैन्य मुख्यालय र सैनिक गुप्तचर केन्द्रमा मिसाइल प्रहार गरेको दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्सले लेबनानबाट प्रहार गरिएका ६ वटा रकेट खसालेको जनाएको छ। यस्तै, इराकस्थित इस्लामिक रेसिस्टेन्सले पछिल्लो २४ घण्टामा अमेरिकी सैन्य आधार शिविरहरूमा २३ पटक ड्रोन आक्रमण गरेको जनाएको छ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले पनि आफ्नो पूर्वी क्षेत्रमा आउँदै गरेका २२ वटा ड्रोन खसालेको जानकारी दिएको छ। यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन मार्फत इरानका सैन्य क्षेत्रहरुमाथि आक्रमण जारी राखेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता स्वीकार नगरेको खण्डमा नर्क निम्त्याउने चेतावनी दिँदै अमेरिकी सैनिकको संख्या ५० हजारसम्म बढाएको अलजजिराले उल्लेख गरेको छ।

 


Thali Mobile Pvt.Ltd.