भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘बलि दिन’ किशोरी तस्करी


  • आश्विन १७, २०७७
  • 440 Views
‘बलि दिन’ किशोरी तस्करी image

युवतीलाई भारत लाने समूहलाई पक्राउ गरेर सशस्त्र प्रहरीले सार्वजनिक गरेको छ । सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार गरेको हो । किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ।

घटना–२
बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार गर्‍यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो। उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन्। उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ।

घटना–३
काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे। काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्। धर्म, खानपानजस्ता विषयमा उक्त गिरोहले प्रश्न गरेपछि ती युवतीले आफू फन्दामा परेको थाहा पाएर प्रहरीलाई खबर गरिन्। प्रहरीले उनलाई पछ्याउँदा घटनामा संलग्न ७ मध्ये ६ जना विराटनगर र १ जना काठमाडांैबाट पक्राउ परेका थिए।

प्रदेश–१ को सीमा क्षेत्र प्रयोग गरी भारतमा बलि दिनका लागि युवती लैजाँदै गरेको समयमा उद्धार गरिएका र फुत्किएका यी तीन प्रतिनिधि घटना हुन्। यी घटना युवती फुत्किएपछि र घटनामा संलग्न पक्राउ भएपछि सार्वजनिक भए। भारतमा ठूला विकास निर्माणका काम सुरु गर्दा युवतीको बलि दिनुपर्छ भन्ने अन्धविश्वास रहेकाले ठूलो मोलमोलाइ गरी लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

माथि उल्लिखित २ घटनाका विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का भन्छन्, ‘नेपालका युवतीलाई विभिन्न प्रलोभनमा पारेर ठूलो रकमको मोलमोलाइ गरी भारत पुर्‍याउने घटना भइरहेको यस्ता घटनाबाट पुष्टि हुन्छ। सीमा सिल भएको समयमा त यस्तो छ, अन्य समयमा कस्तो होला ?’ यस्ता अधिकांश घटनामा भारतीय ठेकेदारसँग नेपालबाट बलि दिनका लागि युवती, किशोरी ल्याइदिन मानव तस्करी गर्ने गिरोहले डिल गर्ने गरेको पाइएको छ। भारतमा पनि नेपाली चेली बिक्री गर्ने समूह रहेको प्रहरीको भनाइ छ।

युवती फकाउन महिलाको प्रयोग
नेपाली युवतीलाई भारतमा बलि दिनका लागि लैजाने समूहमा बढी पुरुष हुन्छन् । तर, युवती फकाउन र एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउन महिलाकै संलग्नता हुने गरेको छ। माथि उल्लिखित घटनामा पनि किशोरीलाई फकाएर भारत लैजान महिलाकै प्रयोग भएको देखिएको छ। सीमा क्षेत्रबाट महिलाको उद्धार र अनुसन्धानमा संलग्न साना हातहरू नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले भने, ‘नेपालकै पुरुषले महिलाको सहारामा युवतीलाई जालमा पारेर बलिका लागि भारत पठाउँछन्।’ हालसम्म किशोरी तथा युवतीलाई बलिका लागि भारत लैजानमा संलग्न १२ जनालाई प्रहरीले प्रदेश १ का विभिन्न जिल्लाबाट पक्राउ गरेको छ भने १ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

धार्मिक विश्लेषक पण्डित पर्शुराम भट्टराई कुनै पनि निर्माण कार्यको सुरुवात वा अन्त्यमा बलिको आवश्यकता नभएको बताउँछन्। ‘मानव, पशु कुनै बलि दिन आवश्यक नै छैन, फलफूल चढाए पनि हुन्छ,’ उनले भने, ‘मानिसको बलि त झनै कुनै धर्मग्रन्थमा उल्लेख नै छैन।’ उनी सबैतिर यस्तो परम्परा तोड्न आवश्यक रहेको बताउँछन्।

प्रदेश सरकार गम्भीर

प्रदेश–१ का सीमा हुँदै नेपाली युवतीलाई भारतमा बलि दिन लगिएका घटनाप्रति प्रदेश सरकार गम्भीर भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की बताउँछन्। ‘यो कार्य निन्दनीय छ, सबैभन्दा पहिले त परिवारका सबै सदस्य सचेत हुनुपर्छ, समाज र परिवार सचेत भए घटना रोकिन्छन्’, उनले भने। नेपाली महिलालाई भारतमा बेचिनबाट रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै प्रदेश १ का सीमा क्षेत्रमा माइती नेपाल र साना हातहरूलगायतका संस्था सक्रिय रहेका बताइएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.