DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी


  • भाद्र ३१, २०७७
  • 554 Views
परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी image

कुपन्डोल । मनोज भनिने अनुपकुमार सिंहलाई नक्कली कागजात बनाएर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक पठाउने भन्दै ठगी धन्दा चलाउँदै आएका थिए ।

असनस्थित उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको नक्कली लेटरहेड तथा छाप बनाएर ठगेको पाइएको छ । उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ । सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ ।

तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन । कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहको ठगी धन्दाले त्यही भन्छ । तीन दिनअघि पक्राउ परेका सिंहमाथि पाँच दिनको म्याद थपेर प्रहरी अनुसन्धान जारी छ । युरोप र अमेरिका लैजाने प्रलोभनमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा ठगी धन्दा चलाउँदै आएका थिए ।

असनस्थित उनकै कार्यालयमा छापा मारेपछि ठगी गर्ने खेल बाहिर आएको हो । आफ्नो ठगी कर्म अगाडि बढाउन सिंहले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको नक्कली लेटरहेड तथा छाप बनाउँथे । यतिले मात्र नभई युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए ।

यसका आधारमा उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ । काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । ‘ठगिएको जाहेरी परेको थियो । त्यसपछि उनी पक्राउ परेका छन् । उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैँले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफैँ लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लेटरहेडमा उल्लेखित मागपत्रमा वैदेशिक रोजगार विभागका उपसचिव सञ्जय रावलको हस्ताक्षर छ । सँगै नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट अफिसको छापसमेत पत्रमा छ । नयाँ पत्रिकाबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.