भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भदौ ३० गतेदेखि दशैँ, तिहार, छठ लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

भदौ ३० गतेदेखि दशैँ, तिहार, छठ लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

मुख्य बुँदा

भदौ ३० गतेदेखि दशैँ, तिहार, छठ लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने।

देशभर १११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका पसल खुल्ने।

साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने।

चामल, दाल, चिउरा, तेल, चिनी, खसी–बोका–च्याङग्रा लगायतमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट।

उपत्यकामा स्थायी र घुम्ती पसल दुवै सञ्चालन, ४५ जिल्लामा पसल खोल्ने तयारी।

काठमाडौं, १७ भाद्र । सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १११ ठाउँमा र साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी संचालन हुने यी पसलमार्फत खाद्य वस्तुहरूमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइनेछ। खाद्य व्यवस्था कम्पनीका अनुसार चामल, गहुँ, दाल, गेडागुडी, चिउरा, पिठो, मैदा, आँटा, चियापत्ती, जिरा, धनिया, जिउँदो खसी–बोका र च्याङग्रामा छुट दिइनेछ।

तोरी, सनफ्लावर, भटमास तेलमा प्रतिलिटर ७ रुपैयाँ र कर्णालीका सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमतीमा १० रुपैयाँ छुट दिइनेछ। साल्ट ट्रेडिङ कर्पोरेसनले नुन र चिनीमा प्रतिकिलो २ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ। उपत्यकामा कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पसल सञ्चालन गरिनेछ। साथै ३ वटा घुम्ती पसल पनि सञ्चालन हुनेछन्।

उपत्यकाबाहिर धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशुली, पोखरा, बाग्लुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरालगायत प्रमुख स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झापा, मोरङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, कास्की, गोरखा, मनाङ, मुस्ताङ, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम, कालिकोट, हुम्ला, बाजुरा, जुम्ला, मुगु, बझाङ, अछाम, दार्चुलालगायत ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.