भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महेश बस्नेतलाई तीनकुने र दुर्गा प्रसाईलाई बालाजुमा जुलुश गर्न सिडिओको आदेश

महेश बस्नेतलाई तीनकुने र दुर्गा प्रसाईलाई बालाजुमा जुलुश गर्न सिडिओको आदेश

काठमाडौं । दुइटा पक्षको विवाद, मुठभेड र भिडन्त रोक्न माइतीघर मण्डला क्षेत्रमा धर्ना, जुलुस, विरोध आदि गतिविधि गर्न नपाउने गरी निषेधादेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

मंसिर ७ गते दुइटा पक्षले माइतीघर क्षेत्रलाई केन्द्र मानेर कार्यक्रम आयोजना गर्दा मुठभेड र भिडन्त हुन सक्ने अनुमान गरेर पाँच जनाभन्दा बढी व्यक्ति भेला वा जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरेका बस्नेतले बताए ।

शान्तिपूर्ण कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ उपलब्ध गराएको भन्दै युवा संघलाई काठमाडौंको तीनकुने क्षेत्र र दुर्गा प्रसाईलाई पश्चिम बालाजु क्षेत्र तोकेको बताए । तर कार्यक्रम शान्तिपूर्ण गर्न र अशान्ति नफैलाउन आग्रह गरेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.