भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पेरिस ओलम्पिकः महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकः महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै

काठमाडौं । फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । खेल मध्याह्न पौने १२ बजे सुरु हुनेछ । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् ।

सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छिन् । १३औँ दक्षिण एशियाली खेलकुद सागमा सन्तोषीले १० हजार मिटर दौडमा नेपालका लागि ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । सागको इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।

बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घन्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन् । ओलम्पिकमा सहभागी सात मध्ये ६ खेलाडी नेपाल फर्किसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.