भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा

कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा

कर्णाली, १२ जेठ । परम्परागत सोचलाई चुनौती दिँदै कर्णाली प्रदेशमा महिलाहरू अटोचालक पेसातर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी सुर्खेतमा महिलाले श्रम, सीप र आत्मविश्वासका साथ अटो व्यवसायलाई रोजगारी र आत्मनिर्भरताको माध्यम बनाएका छन् ।

हाल सुर्खेतमा मात्रै १०० भन्दा बढी महिला अटो चालकको रूपमा सक्रिय रहेको तथ्यांक सार्वजनिक भएको छ। उनीहरूले दैनिक आम्दानीमार्फत परिवारको खर्च धान्नुका साथै भविष्यका लागि बचतसमेत गर्न थालेका छन् ।  महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४ जना महिला अटोचालकलाई विशेष तालिम प्रदान गरेको छ । तालिममा सहभागी महिलाहरूले आफ्नो पेसासँग जोडिएका अनुभव खुलेर साझा गरेका थिए। उनीहरूले सडकमा काम गर्दा भोग्नुपरेका चुनौती, सामाजिक दृष्टिकोण, व्यवहार र जोखिमबारे धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै अटो चालक सुशीला सापकोटाले महिलाले कठिन र चुनौतीपूर्ण कामलाई पनि सफलतापूर्वक अवसरमा बदल्न सक्ने बताइन् । उनले महिलालाई कमजोर रूपमा हेर्ने सोच परिवर्तन हुनुपर्नेमा जोड दिइन् ।वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पेसाप्रति इमानदार र प्रतिबद्ध भएर काम गर्न महिला अटोचालकलाई सुझाव दिइन् । उनले सीप र मेहनतले महिलालाई आत्मनिर्भर बनाउने उल्लेख गरिन् ।

 

कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. ललित शाहीले महिला अटोचालकलाई नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका थिए । विशेषगरी आमा र बाल स्वास्थ्यप्रति सचेत रहन उनले आग्रह गरे ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकको पेसालाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउन तालिम कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

यसैगरी सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अधिकृत खगेन्द्रप्रकाश गैरेले मानसिक स्वास्थ्य र नसर्ने रोगबारे जानकारी गराएका थिए । उनले कर्णालीमा मानसिक समस्याका कारण दैनिक एक जनाले आत्महत्या गर्ने गरेको उल्लेख गर्दै सरकारी अस्पतालमा १२ प्रकारका औषधि निःशुल्क उपलब्ध रहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.