भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

परीक्षा बोर्डले भन्यो– कक्षा-१२ को परीक्षा शान्तिपूर्ण, मर्यादित रूपमा सम्पन्न

परीक्षा बोर्डले भन्यो– कक्षा-१२ को परीक्षा शान्तिपूर्ण, मर्यादित रूपमा सम्पन्न

काठमाडौँ, ५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ। बोर्डले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै परीक्षाको सफल सञ्चालनमा सहयोग गर्ने सबै पक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) अन्तर्गत कक्षा १२ को परीक्षा नेपालभर १५९० केन्द्र र जापानमा १ गरी कुल १५९१ परीक्षा केन्द्रमा सञ्चालन भएको थियो।

बोर्डको विज्ञप्तिमा भनिएको छ, “परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने संघीय सरकारअन्तर्गतका सम्बन्धित निकायहरू, जापानस्थित नेपाली दूतावास, केन्द्रीय सुरक्षा समिति, प्रदेश तथा जिल्ला तहका परीक्षा व्यवस्थापन समितिहरू, सबै तहका सुरक्षा संयन्त्र, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, सेवा प्रदायक संस्था, आम सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ।”

बोर्डले आगामी दिनमा सञ्चालन हुने परीक्षा तथा अन्य शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.