भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मध्यपुर महोत्सवले सँस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको छः मन्त्री पाण्डे

मध्यपुर महोत्सवले सँस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको छः मन्त्री पाण्डे

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मध्यपुर महोत्सवले साँस्कृतिक क्षेत्रमा अभूतपूर्व कार्य गरेको बताएका छन् । पर्यटन विकासका लागि भएको मध्यपुर महोत्सव २०८१ को आज समापन कार्यक्रममा सम्बोधन गर्दै उनले तीन दिनसम्म चलेको महोत्सवले परम्परागत नेवारी जीवनशैलीलाई माथि उठाएको बताए । यसले अन्तराष्ट्रिय जगतलाई पनि सन्देश दिएको भन्दै महोत्सव अदितिय भएको चर्चा गरे ।

भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीलगायतका लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारका रुपमा रहेको मध्यपुर थिमि नगरपालिका पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाले सुसम्पन्न भएको उनको जिकिर छ । समापन कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक गरी करिब आठ लाखले महोत्सवको अवलोकन गरेको जानकारी दिए ।

महोत्सवमा थिमिका रैथाले चालचलन, नाच, भजन, खानपानलाई संग्राहलयको रुपमा प्रस्तुत गरिएकोमा सहभागि खुसी भए । लिच्छविकालीन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरूमा पुराना पुस्ताले नयाँपुस्तालार्य सिप हस्तान्त्रण गरिरहेका दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याएको मात्रै थिएन । सस्कृति बचाउन अझै मेहनतको खाँचो औल्याएको थियो ।

नगरको कला, संस्कृति, परम्परागत पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण थपेको भन्दै पर्यटकले खुसी व्यक्त गर्न भ्याए । झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु जात्रा, लोकेश्वर जात्रा, नीलबाराही गण नाच जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें विशेष रूपले चर्चित रहे ।

तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेसा र उत्पादनको प्रर्दशनले नगरलाई सुपरिचित बनाएको थियो । आधुनिकीकरणतर्फ द्रुत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेसा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.