भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपाण

पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपाण

एजेन्सी । टर्किएले उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुर्‍याएको छ । टर्किले पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पर्‍याएको हो ।

‘टर्कस्याट सिक्स ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरिएको छ । देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कएस्याट सिक्स ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा छ । ‘टर्कस्याट ६ए’ जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ । योसँगै टर्किएमा सञ्चारसम्बन्धी काममा घरेलु उपग्रहकै योगदान रहनेछ ।

उपग्रह ३५ हजार सात सय ८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुगेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.