एजेन्सी । टर्किएले उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुर्याएको छ । टर्किले पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पर्याएको हो ।
‘टर्कस्याट सिक्स ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरिएको छ । देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।
कक्षामा थप परीक्षण गरिसकेपछि टर्कएस्याट सिक्स ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा छ । ‘टर्कस्याट ६ए’ जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ । योसँगै टर्किएमा सञ्चारसम्बन्धी काममा घरेलु उपग्रहकै योगदान रहनेछ ।
उपग्रह ३५ हजार सात सय ८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुगेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। भारतको राजधानी दिल्लीमा आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते हुन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री...
एजेन्सी । हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमास लडाकू समूहले तीन जना रिहा गर्न लागेको हो । प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई...
एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत...
काठमाडौं । छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने भएका छन् । दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । निकट...