भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१-०८२ू को आयोजना हुने भएको छ ।
विहबार पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुने स्थित खुल्ला चौरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यहीं चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु विक्रीका लागि राखिने छन् ।औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ ।
मोवाईल, ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं विक्रीका लागि स्टलहरु रहने जनाएको छ । महोत्सवमा साना बालवालिकाहरुकोलागि बाल उद्यान संचालन गर्दै छौ। ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहनेछन् ।
साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन ऱ्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने हामीले विश्वास लिएको आयोजकको भनाई छ ।
महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेको मेलाका संयोजक दिपक थापाको भनाइ छ ।मेलामा विक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । यस महोत्सवमा १ सय ५० स्टल रहने छ । करिव पाँच लाख भन्दा वढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको आयोजकको भनाई छ ।
महोत्सवलाई व्यवस्थित गर्न रु ५०-८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ। विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्ने आयोजकको भनाई छ । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...