भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै |

जहाजहरूमा हुथी आक्रमणहरू रोकिएपछि लाल सागर क्षेत्रमा स्थिरता

जहाजहरूमा हुथी आक्रमणहरू रोकिएपछि लाल सागर क्षेत्रमा स्थिरता

एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन ।

हमास–इजरायल द्वन्द्वको समयमा गाजासँग ऐक्यबद्धता प्रदर्शन गर्न यमनका हुथीहरूले अक्टोबर २०२३ मा इजरायली–सम्बद्ध जहाजहरूमा आक्रमण गर्न थालेपछि लाल सागरमा तनाव उत्पन्न भयो।

जनवरी १९ मा गाजामा युद्धविराम सम्झौता लागू भएपछि जहाजहरूमा हुथी आक्रमणहरू रोकिएपछि लाल सागर क्षेत्रमा स्थिरता फर्किएको छ। गत हप्ता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले क्षेत्रीय अवस्थाका कारण इजिप्टले सुएज नहर राजश्वमा मासिक लगभग ८० करोड अमेरिकी डलर गुमाउने गरेको बताएका थिए।

सले लाल सागरमा तनाव कम गर्न मद्दत गरेको छ। विश्वव्यापी विश्लेषण फर्म केप्लरको तथ्याङ्कलाई उद्धृत गर्दै युरोपेली संघको इन्धन ढुवानीको ५० प्रतिशत मार्चमा नहरबाट गुज्रिएको थियो। सुएज नहर राजश्वमा २०२४ मा ६० प्रतिशतभन्दा बढीको गिरावट आएको छ। जुन लगभग ७ अर्ब अमेरिकी डलर बराबर हो।

 


Thali Mobile Pvt.Ltd.