भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिलेमा आजदेखि खाना महोत्सव

हिलेमा आजदेखि खाना महोत्सव

धनकुटा । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा पाँच दिने तेस्रो खाना महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव सुरु भएको हो । ‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ स्थानीय अर्गानिक मौलिक खानाको परिकार राखिने भएको हो ।

‘आर्थिक मन्दिको समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव आयोजना गरिएको हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।धनकुटा नगरपालिका–१ हिलेमा हुने महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको

अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहेका छन् ।पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार छ सय रुपैयाँ बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नं १ का वडाध्यक्ष वङ्दा तामाङले बताए । महोत्सवमा ३० हजार पर्यटक भित्राएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.