भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

मकवानपुरमा फैलिएको खोरेत रोग नियन्त्रणमा

मकवानपुरमा फैलिएको खोरेत रोग नियन्त्रणमा

मकवानपुर, २ असाेज । हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो ।

“खोरेत रोगबाट धमाधम पशुहरु प्रभावित भई मर्न थालेपछि हामीले खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, “अहिले अब पशुहरुमा देखिएको खोरेत रोग विस्तारै नियन्त्रणमा आइसकेको छ ।”

खोरेत प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको प्रमुख ठाकुरले बताए ।

उनका अनुसार भदौ महिनाको पहिलो साताबाट सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिकामा छ हजार आठ सय ७५, बागमती गाउँपालिकामा चार हजार सात सय, बकैया गाउँपालिकामा तीन हजार पाँच सय, मनहरी गाउँपालिकामा तीन हजार एक सय, इन्द्रसरोबर गाउँपालिकामा एक हजार चार सय ८८, थाहा नगरपालिकामा एक हजार चार सय ४५, भिमफेदी गाउँपालिकामा एक हजार पाँच, राक्सिराङ गाउँपालिकामा पाँच सय र कैलाश गाउँपालिकामा ३० पशुचौपायामा खोप लगाइएको प्रमुख ठाकुरले बताए ।

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभाबित भएकोमा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए ।

उनका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.