भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूह आतंकवादी संगठन घोषणा

राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूह आतंकवादी संगठन घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिँदै सो समूहलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गर्ने निर्णय भएको बताउनुभएको हो।

एन्टिफा समूह लामो समयदेखि अमेरिकामा नव–नाजीवाद, नव–फासिवाद, गोरावादी सर्वोच्चतावाद र जातीय विभेदविरुद्ध सक्रिय रहँदै आएको छ। यद्यपि, यसको गतिविधि हिंसात्मक हुने गरेको भन्दै आलोचना हुँदै आएको छ।

राष्ट्रपति ट्रम्पले एन्टिफा समूहलाई आर्थिक सहयोग गर्नेहरूमाथि समेत कडा कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ। बीबीसी का अनुसार, सो समूहलाई सहयोग गर्नेहरू उच्च कानुनी मापदण्डअनुसार छानबिनमा पर्नेछन्।

इतिहासअनुसार एन्टिफाको उत्पत्ति सन् १९२०–१९३० को दशकमा युरोपेली फासिवादी शक्तिहरूविरुद्ध चलेको आन्दोलनबाट भएको मानिन्छ। हाल यसका सदस्यहरूले प्रायः कालो कपडा लगाउने, अनुहार छोप्ने, प्रदर्शन तथा आन्दोलनमा आक्रामक भूमिका खेल्ने गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.