भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मालढुङ्गा–बेनी सडक दुई लेन, ११ मिटर चौडा बनाउँदै स्तरोन्नति

मालढुङ्गा–बेनी सडक दुई लेन, ११ मिटर चौडा बनाउँदै स्तरोन्नति

म्याग्दी ।म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावत सहज र द्रुत भएको छ।

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत यो सडकलाई दुई लेनको ११ मिटर चौडाइमा फराकिलो बनाइ ACF (Aoxphalt) प्रविधिबाट कालोपत्र गरिने काम अन्तिम चरणमा पुगेको सडक योजना कार्यालयले जनाएको छ।

करीब १३ किलोमिटर दूरी रहेको यो सडकको २ किलोमिटर बाहेक सबै भागमा कालोपत्र र ढलान कार्य सकिएको कार्यालयले जानकारी दिएको छ। यातायात व्यवसायी रेशबहादुर विश्वकर्माका अनुसार स्तरोन्नतिपछि यात्रामा उल्लेख्य सुधार भएको छ। पहिलेसम्म झन्डै एक घण्टा लाग्ने यात्रा अब २०–२५ मिनेटमै सम्पन्न हुने भएको छ।

मालढुङ्गा–बेनी सडकबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला गाउँपालिकाका स्थानीयवासीसँगै पर्यटक र तीर्थयात्रीहरूको दैनिँदो आवतजावत हुने गर्छ। यो सडक २०५२ सालमा ‘फुड फर वर्क’ (कामका लागि खाद्यान्न) कार्यक्रमअन्तर्गत खुलाइएको थियो।

२०६८ सालमा एकतर्फी कालोपत्र भए पनि मुस्ताङ–कोरला नाका सडक सञ्जालमा जोडिएपछि गाडीको चाप बढ्दै गई सडक साँघुरो र जीर्ण भइरहेको अवस्थाले स्तरोन्नति आवश्यक परेको थियो।

 


Thali Mobile Pvt.Ltd.