भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

आगामी फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले १०७ वटा चुनाव चिह्न प्रदान गर्यो

आगामी फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले १०७ वटा चुनाव चिह्न प्रदान गर्यो

काठमाडौँ, २२ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन आवेदन दिएका थिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ। त्यस्तै १२ दलले संयुक्त रूपमा निर्वाचनमा भाग लिने भनेका कारण उनीहरूलाई संयुक्त चिह्न सभ्यता अनुसार प्रदान गरिएको हो।

यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरेको जनाएको छ। हाल आयोगमा १४३ राजनीतिक दल दर्ता रहेका छन् भने ११४ दलले निर्वाचनमा भाग लिने निश्चित भएको छ। आगामी चुनावमा १०७ प्रकारका चिह्न प्रयोग हुनेछन्।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा र चौथो नम्बरमा घण्टी रहेका छन्। यसबाहेक हलो, ढल्केको छाता, लाउडस्पिकर, सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको आँखा, जरायो, नमस्कार, कुखुराको भाले, जग, पन्जा छाप, इनार, डोको, हसियाँ–तारा, कमलको फूल, धनुष, गितार, घर, हँसिया, मोटरसाइकल, साँचो, मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, खुकुरी लगायतका चिह्न पनि प्रयोग हुनेछन्।

त्यसैगरी तुलसी मठ, गाग्री, ब्याट्री, ढाका टोपी, सुगा, हथौडा, शङ्ख, बज्र, हात्ती, माहुरी, पुरुष, काखमा बच्चा बोकेको आमा, परेवा, अँजुलीको माटो, बाली बोेकेकी महिला, किसान, त्रिशुल, घोडा, गुलाफ, गाग्रो–कलश–नरिवल, कम्प्युटर किबोर्ड, चक्र, हात मिलाएको, चापाकल आदि पनि चिह्नमा समावेश भएका छन्।

बलिरहेको चिम, सिट्ठी, प्रेम–ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, दियो, बस, स्कुटर, रुद्राक्षको दाना, पैताला, करुवा, सुकुन्दा, पुल, बिरुवा, पानीको बोतल, बुल्डोजर, सिउने कल, महिला–पुरुष हात मिलाएको, तराजु, खरायो, किताब, ताला, कान, श्रीवत्स, लाइक चिन्ह, कोदालो, मकैका बाला, सिंह, डुङ्गा, भैँसी आदि पनि निर्वाचन चिह्नको रूपमा प्रयोग हुनेछन्।

निर्वाचन आयोगले दलहरूको दाबी, दर्ता विवरण र ऐनअनुसारको प्रक्रिया पूरा गरी सबै चिह्नको अन्तिम सूची सार्वजनिक गरेको हो।

 


Thali Mobile Pvt.Ltd.