भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर

नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर

मुख्य बुँदा

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ जनालाई दोषी ठहर।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डे दोषी ठहर।

सन्दीप रायमाझीसहित ७ जनाले सफाइ पाए।

फरार ८ प्रतिवादी पक्राउपछि कानुनी प्रक्रिया अघि बढाइने।

दोषी ठहर भएका व्यक्तिको सजाय निर्धारणका लागि असार २९ गते पेसी।

काठमाडौं, २४ असार । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई दोषी ठहर गरेको छ।

मुद्दा दायर भएको करिब तीन वर्षपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै रायमाझी, खाण र पाण्डेसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो।

अदालतले प्रतिवादी सन्दीप रायमाझीसहित सात जनालाई भने आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको छ। सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी पनि छन्।

यसैबीच, फरार रहेका अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानुनबमोजिम मुद्दा अघि बढाइने अदालतले जनाएको छ।

दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको छ। नेपाल प्रहरीको अनुसन्धानमा अघि बढाइएको यो बहुचर्चित उच्च-प्रोफाइल भ्रष्टाचार तथा मानव तस्करीसम्बन्धी मुद्दा लामो समयदेखि सार्वजनिक चासोको विषय बनेको थियो।

 


Thali Mobile Pvt.Ltd.