भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विमान दुर्घटनामा १० जनाको मृत्यु

विमान दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । ग्रामाडो सहरमा विमान दुर्घटना भएको हो । विमानमा सवार सबै मानिस एकै परिवारका सदस्य थिए । यो एक निजी विमान रहेको बताइएको छ ।

आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले विमान उडाएका थिए ।दुर्घटनामा उनी बाहेक उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्यको मृत्यु भएको छ । उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।

विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको थियो । घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.