भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त

काठमाडौं, १३ । एमाले र नेकपाबीच भएको सत्ता साझेदारीसम्बन्धी तीन बुँदे सहमतिअनुसार कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । सोही सहमतिअनुसार नेकपाका मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

एमाले र नेकपाबीच साउन ९ गते भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । कर्णालीमा नयाँ सरकार गठन भए पनि अन्य प्रदेशमा सरकार गठन प्रक्रिया अझै जारी रहेको छ ।

मुख्यमन्त्री शाहीलाई नेकपाका १४ र सत्ता साझेदार एमालेका १० गरी २४ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ ।

कर्णाली प्रदेश स्थापना भएयता महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेलपछि मङ्गलबहादुर शाही पाँचौँ मुख्यमन्त्री बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.