भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओली सुपरमार्टको गोदाममा भीषण आगलागीः करोडौंको क्षति, सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध

ओली सुपरमार्टको गोदाममा भीषण आगलागीः करोडौंको क्षति, सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध

सुर्खेत, २७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित पतेनी रोडमा रहेको ओली सुपरमार्टको गोदाममा भीषण आगलागी भएको छ। आगलागीबाट गोदाममा राखिएका करोडौं रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइए पनि गोदाममा ठूलो मात्रामा क्षति भएको पुष्टि भएको छ। आगलागीको कारण अझै खुल्न बाँकी भए पनि प्रारम्भिक अनुमानअनुसार विद्युत सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने बताइएको छ।

घटनाबारे स्थानीय, प्रदेश तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। यस्ता आपतकालीन घटनामा तत्काल राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको जनाइएको छ।

पीडित व्यवसायीको न्याय सुनिश्चित गर्न तथा आगलागीबाट भएको क्षतिका लागि सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध गरिएको छ। व्यापारीको लगानी, श्रम र भविष्य सुरक्षित राख्नका लागि राज्य र सम्बन्धित निकायहरूको सक्रियता अपरिहार्य रहेको जनप्रतिनिधि तथा सरोकारवालाहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.