भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ओली सुपरमार्टको गोदाममा भीषण आगलागीः करोडौंको क्षति, सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध

ओली सुपरमार्टको गोदाममा भीषण आगलागीः करोडौंको क्षति, सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध

सुर्खेत, २७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित पतेनी रोडमा रहेको ओली सुपरमार्टको गोदाममा भीषण आगलागी भएको छ। आगलागीबाट गोदाममा राखिएका करोडौं रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइए पनि गोदाममा ठूलो मात्रामा क्षति भएको पुष्टि भएको छ। आगलागीको कारण अझै खुल्न बाँकी भए पनि प्रारम्भिक अनुमानअनुसार विद्युत सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने बताइएको छ।

घटनाबारे स्थानीय, प्रदेश तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। यस्ता आपतकालीन घटनामा तत्काल राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको जनाइएको छ।

पीडित व्यवसायीको न्याय सुनिश्चित गर्न तथा आगलागीबाट भएको क्षतिका लागि सुर्खेत उद्योग वाणिज्य संघलाई उच्च तहमा पहल गर्न अनुरोध गरिएको छ। व्यापारीको लगानी, श्रम र भविष्य सुरक्षित राख्नका लागि राज्य र सम्बन्धित निकायहरूको सक्रियता अपरिहार्य रहेको जनप्रतिनिधि तथा सरोकारवालाहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.