भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भक्तपुरकाे एक दही पसलमा कैफियत, पाँच हजार रुपैयाँ जरिवाना

भक्तपुरकाे एक दही पसलमा कैफियत, पाँच हजार रुपैयाँ जरिवाना

भक्तपुर, २६ बैशाख ।  भक्तपुर नगरपालिकाभित्र दही उत्पादन तथा बिक्री गर्ने पसलहरूमा गरिएको अनुगमनका क्रममा एक पसलमा अनियमितता भेटिएपछि जरिवाना गरिएको छ।

भक्तपुर नगरपालिकाको नेतृत्वमा शुक्रबार संयुक्त अनुगमन टोलीले दही पसलहरूमा निरीक्षण गरेको हो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य कार्यालय, पत्रकारहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनको क्रममा एक पसलमा दही उत्पादन तथा विक्री प्रक्रियामा कैफियत भेटिएपछि पाँच हजार रुपैयाँ (रु. ५,०००/-) जरिवाना गरिएको जानकारी गराइएको छ। साथै उक्त पसलबाट संकलित दहीको नमुना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे छ ।

संयुक्त टोलीले उपभोक्ताको स्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तरप्रति उच्च सतर्कता अपनाउँदै यस्ता अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय तह र सम्बन्धित निकायहरूले खाद्य सुरक्षाको विषयमा चासो राख्नु सकारात्मक पहल हो, उपभोक्ता हकहितका लागि यस्ता अनुगमन अझ नियमित र प्रभावकारी हुनु आवश्यक छ।

 


Thali Mobile Pvt.Ltd.