भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरकाे एक दही पसलमा कैफियत, पाँच हजार रुपैयाँ जरिवाना

भक्तपुरकाे एक दही पसलमा कैफियत, पाँच हजार रुपैयाँ जरिवाना

भक्तपुर, २६ बैशाख ।  भक्तपुर नगरपालिकाभित्र दही उत्पादन तथा बिक्री गर्ने पसलहरूमा गरिएको अनुगमनका क्रममा एक पसलमा अनियमितता भेटिएपछि जरिवाना गरिएको छ।

भक्तपुर नगरपालिकाको नेतृत्वमा शुक्रबार संयुक्त अनुगमन टोलीले दही पसलहरूमा निरीक्षण गरेको हो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य कार्यालय, पत्रकारहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनको क्रममा एक पसलमा दही उत्पादन तथा विक्री प्रक्रियामा कैफियत भेटिएपछि पाँच हजार रुपैयाँ (रु. ५,०००/-) जरिवाना गरिएको जानकारी गराइएको छ। साथै उक्त पसलबाट संकलित दहीको नमुना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे छ ।

संयुक्त टोलीले उपभोक्ताको स्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तरप्रति उच्च सतर्कता अपनाउँदै यस्ता अनुगमन कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय तह र सम्बन्धित निकायहरूले खाद्य सुरक्षाको विषयमा चासो राख्नु सकारात्मक पहल हो, उपभोक्ता हकहितका लागि यस्ता अनुगमन अझ नियमित र प्रभावकारी हुनु आवश्यक छ।

 


Thali Mobile Pvt.Ltd.