भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

रारा एड्भेन्चर ट्राभल्स र रारा ईको रिसोर्टको संयुक्त पहलमा सस्तो, भरपर्दो र आकर्षक रारा टुर प्याकेज सार्वजनिक

रारा एड्भेन्चर ट्राभल्स र रारा ईको रिसोर्टको संयुक्त पहलमा सस्तो, भरपर्दो र आकर्षक रारा टुर प्याकेज सार्वजनिक

काठमाडौं, २६ बैशाख। देशकै स्वर्ग भनेर चिनिने रारा तालको भ्रमणलाई अझ सुलभ र सुविधाजनक बनाउने उद्देश्यले रारा एड्भेन्चर ट्राभल्सरारा ईको रिसोर्टले संयुक्त रूपमा नयाँ र आकर्षक टुर प्याकेज सार्वजनिक गरेका छन् । यात्रुहरूले अब आफ्नो सुविधाअनुसार प्लेन, स्कोर्पियो जिप वा बसमार्फत रारा पुग्न सक्नेछन्।

टुर प्याकेजअनुसार, प्लेनमार्फत काठमाडौ वा नेपालगञ्जबाट २ रात ३ दिनको प्याकेज उपलब्ध गराइएको छ। नेपालगञ्जदेखि प्रति व्यक्ति रु २५,५०० र काठमाडौंबाट रु ३८,५०० मा उपलब्ध यस प्याकेजमा प्लेन टिकट, खान बस्न, राराको डुङ्गा र घोडा सयर, मुर्मा गाउँ भ्रमणलगायतका गतिविधिहरू समावेश गरिएकाे रारा पर्यटन बिकास समितिका अध्यक्ष तथा रारा एडभेन्चरका प्रबन्ध निर्देशक देविकृष्ण रोकायले जानकारी दिनुभयाे ।

त्यसैगरी, स्कोर्पियो जिप र बसमार्फत यात्रा गर्न चाहनेका लागि पनि छुट्टै प्याकेजहरू उपलब्ध रहेकाे राेकायाकाे भनाइ छ । नेपालगञ्ज वा सुर्खेतबाट स्कोर्पियो जिपमा ७ जनाको समूहका लागि ४ रात ५ दिनको प्याकेज प्रति व्यक्ति रु १९,५००, र बसमार्फत २५ जनाको समूहमा रु १४,५०० तोकिएको छ भने काठमाडौंबाट स्कोर्पियोमा ६ रात ७ दिनको यात्रा रु २६,५०० र बसमा रु १८,५०० मा उपलब्ध रहेकाे छ।

यात्राका क्रममा सुर्खेतको काँक्रेबिहार, बुलबुल ताल, देउतिबजै मन्दिर, दैलेखको ऐतिहासिक स्थलहरू, कालिकोटको पाण्डव गुफा, सिन्जा-नेपाली भाषाको उद्गम स्थल-र राराको प्राकृतिक सौन्दर्य सहितका थुप्रै आकर्षणहरूको अवलोकन गरिनुकासाथै यात्रुहरूले कर्णालीका स्थानिय अर्गानिक परिकारहरूको स्वाद पनि लिन सक्नेछन्।

रारा ईको रिसोर्ट रारामै र मुर्मा टप नजिकै अवस्थित दुईवटा इको रिसोर्टहरूमार्फत आरामदायी बास, स्थानिय खाना, गाइड र पोर्टर सेवा, र राराको सम्पूर्ण दृश्यावलोकनको व्यवस्था गरिएको राेकायाकाे भनाइ छ ।

प्याकेज बुक गर्न इच्छुक यात्रुहरूले रारा एड्भेन्चर ट्राभल्सको काठमाडौं-ठमेल वा नेपालगञ्जस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क नम्बर:
📞 9858390993 (रारा एड्भेन्चर ट्राभल्स)
📞 9858390992 / 9858390994 (रारा ईको रिसोर्ट)

वेबसाइट:
🌐 www.adventurerara.com
🌐 www.raraecoresort.com


स्थानीय पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीय युवाहरूको नेतृत्वमा सञ्चालित यो प्रयासले रारा भ्रमणलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। रारा ताल समुद्री सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ। यसको लम्बाइ ५ किलोमिटर, चौडाइ ३.२ किलोमिटर, र गहिराइ १६७ मिटर रहेको छ। तालको परिधि हिँड्न करिब सात घण्टा लाग्छ। रारा राष्ट्रिय निकुञ्जको १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हरियाली, कस्तुरी, रतुवा, डाँफे लगायतका जनावर र चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ।

प्रकृतिले कोरेको स्वर्गको चित्र

रारा ताल-केवल एक ताल हैन, यो प्रकृतिको क्यानभासमा पानीको रङले कोरिएको अद्भुत चित्र हो। जंगलले घेरिएको शान्त परिवेश, चुरोटे हावासँग झुम्मिएको फुङ्गिएको आकाश, र राराको निलो जल-यहाँ समय पनि विश्राम गर्छ । राराको भ्रमणमा आउने जो कोहीलाई घण्टौं बितेको पत्तो हुँदैन।

रारापछि सबैभन्दा चर्चित गन्तव्य हो मुर्मा गाउँ, जुन समुन्द्री सतहदेखि ३७७० मिटर उचाइमा अवस्थित छ। सफा मौसममा यहाँबाट सुदूरपश्चिम र मध्यपश्चिमका ६ जिल्लासम्मका भूभाग हेर्न सकिन्छ- यो अनुभूति शब्दभन्दा परको हुन्छ। विश्वकै सबैभन्दा अग्लो स्थानमा अवस्थित माछा पाइने तालमा, केवल रारामै पाइने स्नो ट्राउट माछा पनि छ। यो जैविक सम्पदाले रारालाई अझ अनौठो बनाएको छ। रारा जान वर्षभरि उपयुक्त भए पनि हिउँदको समय पर्यटकको रोजाइ हो। यहाँ हिउँमा चिप्लेटी खेल्न, सेता मुस्लाबारि पहाड हेर्न सकिन्छ।

बर्खामा भने राराको किनार फुलका थुँगा थुँगाले भरिन्छ-एकजना पर्यटकले भनेका थिए, “राराको हिउँद स्वर्गजस्तो लाग्छ, बर्खा भने स्वर्गमा खिलेका फूलझैँ।” २०२० सालमा रारा भ्रमण गरेका तत्कालीन राजा महेन्द्र पनि राराको सौन्दर्यसँग यसरी मोहित भए कि उनले कविता नै लेखे-“रारा की अप्सरा!”
यो तीन शब्दमा राराले पाएको उपमा सबैभन्दा सुन्दर हो।  अब पालाे तपाइकाे कविता, गीत, गजल र मनलाइ शान्त बनाउँन जाने हाेइन त रारा ? 

 

 


Thali Mobile Pvt.Ltd.